सगरमाथा ब्याजZz zWwJTk GgFf t 4 L1Ss Rro Us Bb Ww iXT Zv
सगरमाथा ब्याज ब्वाए/गर्ल स्काउटलाई कञ्चनजंगा ब्याज प्रदान गरेपछि प्रदान गरिने अर्को चरणको ब्याज हो ।
यो ब्याज चौंथो चरणको कञ्चनजंगा ब्याज दिए पछि स्काउटहरुलाई प्रदान गरिने पाँचौं चरणको ब्याज हो । यो ब्याजको भूमी हरियो हुन्छ । जसले स्काउटहरुलाई नेपालको धनको रुपमा रहेको हरियो वनपाखाको प्रतिनिधित्व गराउँछ । यस बाएजको माथिल्लो भागमा सेतो हिमाल अङ्कित छ । जसले नेपालमा पर्ने विश्वको सर्वोच्च शिखर सगरमाथा हिमालको प्रतिनिधित्व गर्दछ । हिमालभन्दा तल्लो भागमा स्काउटको सदस्यता चिन्ह रहेको हुन्छ । जसले स्काउटहरु स्काउटको सदस्य रही अनवरत मेहिनतका साथ स्काउटिङ सिद्धान्त प्रतिपादन गर्दै यस स्थानमा पुगेको भन्ने कुराको प्रतिनिधित्व गर्दछ । त्यस भन्दा तल भागमा अङ्ग्रेजी अक्षरमा EVEREST लेखीएको छ । सगरमाथा ब्याज हाल ब्वाए/गर्ल स्काउटलाई दिईने सर्वोच्च ब्याज हो ।[१]
विषयसूची
- १ प्रक्रिया
- २ शारीरिक स्वास्थ्य
- ३ बौद्धिक खुबी
- ४ सेवा कार्य
- ५ गृह सेवा
- ६ बाह्य कृयाकलाप
- ७ चरित्र निर्माण
- ८ हस्तकला
- ९ सम्बन्ध
- १० सन्दर्भ सामग्री
- ११ यो पनि हेर्नुहोस्
- १२ बाह्य लिङ्कहरू
प्रक्रिया[सम्पादन गर्ने]
[२] सगरमाथा ब्याज प्राप्त गर्नको लागि स्काउटले आफ्नो स्काउट मास्टरलाई तपसिलका विषयको परिक्षा दिई उहाँको विश्वास प्राप्त गर्नु पर्नेछ
शारीरिक स्वास्थ्य[सम्पादन गर्ने]
- शारीरिक स्वास्थ्य अन्र्तगत स्काउटले आफ्नो ट्रूपमा र आफूभन्दा मुनिको कोर्सका सहभागी स्काउटहरुलाई स्वास्थ्य सम्बन्धी ज्ञान प्रदान गर्न जानेको हुनुपर्ने छ ।
- स्काउटले आफ्नो ट्रूपमा आफुभन्दा मुनिका स्काउटहरूलार्इ मार्च पास/परेड सिकाउने र कमाण्डका साथ नेतृत्व दिन सक्ने हुनुपर्दछ ।
- स्काउटले आफ्नो ट्रूपमा आफुभन्दा मुनिका स्काउटहरूलार्इ स्वास्थ्य सम्बन्धी ज्ञान दिएको हुनपर्दछ ।
- शारीरिक स्वास्थ्य अन्र्तगत स्काउटले आफू र आफ्नो एक जना स्काउट मित्र सँग शारीरिक तन्दुरूस्ती हुने क्रियापलापमा निरन्तर संलग्न भैरहेको हुनु पर्नेछ ।
बौद्धिक खुबी[सम्पादन गर्ने]
- बौद्धिक खुबी अन्र्तगत स्काउटले ५ वटा अन्तराष्ट्रिय गीतको ज्ञान हासिल गरेको हुनुपर्ने छ ।
- स्काउटले नेपाल स्काउट, राष्ट्रिय प्रधान कार्यालयको झण्डाको बनावट र अर्थ थाहा पाएको हुनुपर्ने छ ।
सेवा कार्य[सम्पादन गर्ने]
- सेवा कार्य अन्र्तगत स्काउटले हुलाक वा ईमेल/इन्टरनेटको ज्ञान हासिल गरेको हुनुपर्ने छ ।
गृह सेवा[सम्पादन गर्ने]
- गृह सेवा अन्र्तगत स्काउटले घर पालुवा पंछी वा जनावरको हेरचाह गर्न जानेको हुनुपर्ने छ ।
बाह्य कृयाकलाप[सम्पादन गर्ने]
चरित्र निर्माण[सम्पादन गर्ने]
- चरित्र निर्माण अन्र्तगत स्काउटले आफ्नो विद्यालय तथा जिल्ला स्काउट कार्यालयद्वारा आयोजित साँस्कृतिक, वक्तृत्वकला/हाजिरी जवाफ आदि प्रतियोगितामा सहभागी हुनेर उद्घोषक भर्इ कार्य क्रम संचालन गर्न सक्ने हुनुपर्ने छ । ।
हस्तकला[सम्पादन गर्ने]
- हस्तकला अन्र्तगत स्काउटले सिलाई सम्बन्धी सामान्य ज्ञान भएको र उपयोगमा आउने गरी कपडा काट्न र सिउन सक्ने हुनुपर्ने छ । ।
सम्बन्ध[सम्पादन गर्ने]
- सम्बन्ध अन्र्तगत स्काउटले अन्तर स्काउट ट्रूप बीच लोकगीत वा लोक नृत्य जस्ता कार्यक्रमको आयोजना गर्ने तथा सहभागी हुनेपर्दछ ।
सन्दर्भ सामग्री[सम्पादन गर्ने]
- ↑ सगरमाथा ब्याज
- ↑ नेपाल स्काउट
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
- नेपाल स्काउट
- सदस्यता ब्याज
- वेडेन पावेल शिखर ब्याज
- अन्नपूर्ण ब्याज
- कञ्चनजंगा ब्याज
- राष्ट्रपति स्काउट ब्याज
बाह्य लिङ्कहरू[सम्पादन गर्ने]
- नेपाल स्काउट